नेकपा एमाले भोजपुरले शुरु गर्यो मिसन ग्रासरुट अभियान


भोजपुर, २२ फागुन । नेकपा एमाले भोजपुरले मिसन ग्रासरुट अभियान शुरु गरेको छ । एमालेले देशैभरी फागुन ५ गतेदेखी बैसाख ९ गतेसम्म संचालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रम भोजपुर जिल्लामा पनि औपचारिक रुपमा शुरु गरिएको हो । पाटीको संगठनात्मक सुदृढीकरण, गतिशिलता र पार्टीको महादिवेशनबाट निर्देशित विचारहरुलाई स्पष्ट बनाउदै पार्टीको लग्य प्राप्तिका लागि मिसन ग्रासरूट कार्यक्रम सुरु गरेको एमाले भोजपुरले जनाएको छ ।

एमाले भोजपुरको फागुन १८ र १९ बसेको जिल्ला कमिटीको छैटौ पूर्ण बैठकले जिल्लामा ९ वटै स्थानीय तहहरुमा फागुन २१ देखी बैशाख ९ गतेसम्म अभियान संचालन गर्ने निर्णय गरेको नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । यस अभियानमा केन्द्र देखि स्थानीय तह सम्मका नेता तथा कर्यकर्ताहरुलाई समेत जिम्मेवारी तोकिएको अध्यक्ष राईको भनाइ छ । यस अभियानमा केन्द्रिय कमिटीबाट अभियान्तको रुपमा टंक आङबुहाङ, अईन्द्र सुन्दर नेम्बाङ र किशोर अधिकारीलाई खटाएको उनले जानकारी दिए ।
फागुन २१ गते रामप्रसादराई गाँउपालिका,भोजपुर नगरपालिका र अरुण गाँउपालिकामा सम्पन्न भएको छ भने २२ गते टेम्केमैयुङ गाँउपालिका, २३ गते पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिका, २४ गते षडानन्द नगरपालिका र आमचोक गाउँपालिका सञ्चालन हुनेछ । त्यस्तै २७ गते साल्पासिलिछो गाउँपालिकामा सञ्चालन हुने जनाईएकोे छ । स्थानीय तह स्तरीय कार्यक्रम सम्पन्न भएपछि वडा र टोलस्तरको कार्यक्रम आयोजना हुने एमाले भोजपुरका सचिव किरण राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार