भोजपुरमा आयुर्वेद सेवा सम्वन्धी तीन दिने क्षमता अविबृद्धी तालिम शुरु


भोजपुर, २९ फागुन । जिल्ला आयुर्वेद कार्यालय भोजपुरको आयोजनामा तीन दिने आयुर्वेद सेवा सम्वन्धी क्षमता अविबृद्धी तालिम शुरु भएको छ । आयुर्वेद सेवा सम्वन्धी क्षमता बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालिममा जिल्लाका नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद औषाधलय तथा जिल्ला आयुर्वेद कार्यालयमा कार्र्यरत ९ जना कर्मचारीको सहभागिता रहेको जिल्ला आयुर्वेद कार्यालय भोजपुरका प्रमुख केनिन राईले बताए ।

फागुन २९ गते आईतबारबाट शुरु भएको तालिम चैत्त १ गते सम्म सञ्चालन हुने प्रमुख राईले बताए । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का र विशेष अतिथी जिल्ला अस्पताल भोजपुुरका प्रमुख डाक्टर फिफराज विश्वकर्मा रहेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार