चैत्त १ गतेबाट भोजपुरमा पाँचौं अन्तर्राष्ट्रिय मेयर गोल्डकप फुटबल हुँदै


भोजपुर, २९ फागुन ।भोजपुरमा चैत्त १ गतेबाट पाँचौं अन्तर्राष्ट्रिय मेयर गोल्डकप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
तीस लाखको लागतमा आगामी चैत्त १ गते देखि ७ गतेसम्म सदरमुकाममा रहेको टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

प्रतियोगितामा अमुक्त परिवार वेष्ट बंगाल भारत, गोर्खा ब्वाईज रुपन्देही, राष्ट्रिय जागृति क्लब सुनसरी, बसाहा क्लब उदयपुर, सताशीधाम स्पोर्टि क्लब झापा, सगरमाथा युथ एशोसियसन मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र आयोजक भोजपुर फुटबल टिम गरी ८ टिम सहभागी हुने आयोजकले जनाएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला फुटबल सङ्घको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः नगद ५ लाख, ३ लाख, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले २५ लाख, चौधरी ग्रुपको एक लाख, राष्ट्रिय वाणिज्य बैंकको एक लाख र अन्य रकमको लागि भने प्रायोजकको खोजी भइरहेको अध्यक्ष सुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार