हिरोइनहरु किन गोप्य अंगमा खोप्छन् ट्याटु


काठमाडौं, ‘स्तन’को तल्लो भागमा ट्याटु खोपेको तस्बिर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञलक्ष्मी शाह केही समय विवादमा तानिएकी थिइन् । उनको उक्त तस्बिर ट्याटु कलाकारले सार्वजनिक गरिदिएको भन्दै केही समय सामाजिक सञ्जालमा आक्रोशित पनि भइन् । प्रेमलगायतका विभिन्न विवादमा तानिने साम्राज्ञीको सार्वजनिक भएको त्यो तस्बिरले अधिक चर्चा पाएको थियो । नेपाली फिल्ममा अंग प्रदर्शनको क्रम जति चर्को छ त्यति नै त्यस्ता अंगमा ट्याटु खोप्ने क्रम बढेको छ ।

ढाडदेखि कम्मर र नीजि अंगसम्म नै ट्याटु खोप्ने अर्की अभिनेत्री हुन् प्रियंका कार्की । उनको हातदेखि खुट्टालगायतमा पनि ट्याटु खोपिएका छन् । ट्याटु एउटा रहर भए पनि अभिनेत्री हकमा भने अंग प्रदर्शन गर्ने मेलोमेसो मात्र बनेको छ ।एक जना कलाकार भन्छन्,‘अभिनयमा लागेका कतिपयले कथाले नमागे पनि ट्याटु खोपेका छन् यो उनीहरुको नीजि मामला हुन सक्छ तर पर्दामा आएपछि, मिडियामा आएपछि चर्चाको विषय बन्नु स्वभाविक हो ।’५ दशकको उमेरतिर लागेकी अभिनेत्री करिश्मा मानन्धरले क्लिभेजमा ट्याटु खोपेकी छन् । उनको ट्याटु स्पष्ट देखिने गरेको छ । सार्वजनिक कार्यक्रम होस् वा राजनीतिक नै विभिन्न ठाउँमा जाँदा उनी खुलेको पहिरन लगाउँछिन्, ट्याटु प्रस्ट देखिन्छ ।

क्लिभेज देखाउँदा सुन्दरताको प्रतीक नै देखाएको ठान्ने अभिनेत्रीहरूले जति अंग प्रदर्शनको क्रम बढेको छ, त्यति नै गोप्य ठाउँमा ट्याटु खोप्न थालेका छन् । कहिलेकाहीँ यस्तै ट्याटु खोपेको, देखाएकोलगायतका विवादका कारण पनि उनीहरु मिडियामा छाइरहने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार