बिरामी बढ्दै : चिकित्सक घट्दै


गुल्मी, ३ असोज । गुल्मी अस्पताल तम्घासमा बिरामीको संख्या बढ्दै गएको छ । बर्खायाम सकिएको र मौसम परिवर्तन हुने समय भएकाले बिरामीको संख्या बढ्दै गएको हो । तर, दरबन्दीनुसार चिकित्सक नहुँदा उपचारमा भने समस्या परेको छ ।
गुल्मी अस्पतालमा पछिल्लो दुई महिना अर्थात् साउन र भदौमा कुल ७ हजार ८०३ जना बिरामीले सेवा लिएका छन् । सेवा लिनेमध्ये अधिकांश महिला रहेका छन् । जसमध्ये ४ हजार ९२६ महिला र २ हजार ८७७ पुरुष रहेका छन् । सबैभन्दा धेरैले ओपीडी सेवा लिएका छन् । ४ हजार १८७ जना महिला तथा २ हजार २७० पुरुषले ओपीडी सेवा लिएका छन् । त्यस्तै, इमरर्जेन्सीमा १ हजार १३३ जनाले सेवा लिएका छन् । जसमध्ये ६०३ जना महिला तथा ५३० जना पुरुष रहेका जिल्ला अस्पतालका बायोमेडिकल टेक्सिनियन दीपक महतले जानकारी दिए ।

५० प्रतिशत डाक्टर पनि छैनन्दिन प्रतिदिन अस्पतालमा बिरामीको संख्या बढ्न थाले पनि अस्पतालमा कार्यरत चिकित्सकको संख्या भने घट्दै गएको छ । भएका केही चिकित्सक पनि समायोजनपछि सरुवा भएपछि अहिले तम्घास अस्पतालमा चिकित्सकको अभाव भएको छ । अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जर्नलिस्टदेखि अहेवसम्म कुल ४३ जना दरबन्दी छ । तर, हाल जम्मा २२ जना मात्र कार्यरत छन् । जसमध्ये पनि समा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार