राधिका अभिनित चलचित्रको सेक्स क्लिप्स सार्वजनिक


मुम्बई । बलिउड नायिका राधिका आप्टे अभिनित हिन्दी चलचित्र ‘द वेडिङ गेस्ट’ को एउटा क्लिप्स बाहिरिएको छ । राधिका र देव पट्टेल अभिनित सेक्स सिन सार्वजनिक भए लगत्तै धेरै राधिकाको नाम जोडेर टिप्पणी गरे ।

देव र आफु भएको भिडियोको सन्दर्भमा आफ्नो मात्रै नाम जोडिनुलाई राधिकाले बिमार मानसिकताको उपज भएको टिप्पणी गरिन् । ‘जुन दृष्य सार्वजनिक भएको छ त्यसमा देव पट्टेल र मैले अभिनय गरेका छौं । तर, मान्छेहरु किन मेरो मात्रै चर्चा गर्छन् रु’ राधिकाले भनिन् ।

त्यसो त फिल्मको दृष्य सार्वजनिक भएर उनी चर्चामा आएको यो नै पहिलो पटक भने होइन । सन २०१६ मा ‘पार्चड’मा आदिल हुसैनसंग सेक्स गरेको भिडियो सार्वजनिक हुँदा पनि उस्तै चर्चा भएको थियो उनको । फिल्ममा आउनु अघि नै वाथरुमको सेल्फी सार्वजनिक गरेर चर्चामा आएकी थिईन् उनी । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार