उखान टुक्काले हिर्काएर मान्छे ठाउँका ठाउँ ढलाउने यी हुन् १०१ चर्चित उखान टुक्का हरु


नेपाली समाजमा नेपाली भाषाको बिकाशसंगै उखानको पनि सुरुवात भएको पाइन्छ । कुराकानीको क्रममा समय अनुकुल उखान टुक्का को प्रयोग गर्दा आफुले ब्यक्त गर्न खोजेको कुरामा अरु गहनता थप्न सकिन्छ ।

साथै संबाद लाइ रमाइलो बनाउनको लागि पनि उखान टुक्काले बेजोड भूमिका खेल्न सक्दछ ।तर पछिल्लो पुस्ताको बिकाशसंगै पुराना उखान टुक्का हरुको प्रयोग घट्दै गएको महसुस हुन थालेको छ । हाम्रा बाजे बराजुका पाला देखिनै सिर्जना भएका यस्ता उखान टुक्का हरु अहिले पनि निकै सान्दर्भिक लाग्ने गर्दछ । पछिल्लो समयमा कम प्रयोग हुदै आएका तर निकै नै अर्थ पूर्ण १०१ नेपाली उखान टुक्का हरु आज हामीले यहाँ समाबेस गरेको छौ ।रमाइला १०१ नेपाली उखान टुक्का १०हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला २ हत्केलामा तोरी उम्रदैन ३ हिराको मोल किराले जान्दैन ४ हेर्दाको राम्रो, दिन खानको चाम्रो ५ हल्लिएको दाँत एकदिन फुक्लन्छ ६ हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ ७ हर्रो नपाउनेलाई जाईफल ८ हँसियाको बिहेमा खुर्पाको गीत ९ सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ १० सिपाहिको काम छैन, जर्नेलको मान ११सालीको आशमा भिनाजुको बनिबास १२ सम्धीको निहुँले मलाई पनि घिउले १३ संगैका साथि सिँहदरबार माथी

१४ संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी १५ सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी १६ सबै कुकुर काशी गए गु केले खाला १७ शिरमा टोपी छैन , खुट्टामा खोल १८ शुक्र उदाए, फर्सी कुदाए १९ शुरोको मु८८मा काँडाले कोर्दैन २० बचनको चोट, मनको घाउ २१ बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन २२ बैरो हाँसे, पैरो चल्छ २३ लानेलाई भन्दा जानेलाई हतार २४ लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस २५लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ २६ लजालु बुहारी, असनको डेरा २७ लक्का छोरोलाई के को धक्का २८ र८८डिको घरमा पोइको के खाँचो २९ राजाको घरमा नुन को दुस्ख ३० रावण मरेर लंका खाली हुँदैन ३१ रात राम्रो जुनले, मान्छे राम्रो गुनले ३२ रिसको झोकमा कसले बेद पढ्छ ३३ युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन ३४ मर्दको जुँगा सँग आगो पनि हच्किन्छ ३५ मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो ३६० माग्नेलाई तातो भात

३७ माकुराको जाल झिंगाको काल ३८ मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ ३९ मरी जाने चोला, उडी जाने सास ४० भोको पेटलाई तातो खिर ४१भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो ४२ भाउजुको देवर तन्नेरी ४३ भरि गाग्रो छ्चल्किन्न ४४ भाई भए भरोस, गाई भए गोरस ४५ भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो ४६ बँदेल जति मोटायो उति मु८८ साँगुरो ४७ बालुवा निचरेर तेल आउदैन ४८ पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग ४९ पानीमा बसी गोही संग दुस्मनी ५० पाडो खानेले बाच्छो राख्दैन ५१ नसो पस्यो, माया बस्यो ५२नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो ५३ नठिनिको नाठो काख छउन्जेल आफ्नो ५४ नबोल्नेको कोहि पनि बैरी हुदैन५५ धन कमाई धाक, साथी कमाई लाख

५६ दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो ५७ दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु ५८ दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो ५९ दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् ६०दमाइको लुगामा तुना छिनेको ६१ दाजुको चिउरा, भाउजुको खटन ६२ थैली बलियो भए साथीको के कमि ६३ तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन ६४ तिम्रो पोइ लोते लोते, कसले दियो पोते ६५ तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु ६६ तातोपानीले घर डढदैन ६७ तिहारको ज्वाईं, श्राद्ध को सालो ६८ तन्नेरीको साथमा तरुनीको नासो

६९तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला ७० ढिकीले स्वर्गमा पनि धानै कुट्छ ७१ डाँकाले खाएको धन,आगोले खाएको बन ७२ डरलाग्दा मान्छेका घिनलाग्दा कुरा ७३ डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ ७४ ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु ७५ ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला ७६ ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे ७७ टुपी समाएर गालामा चड्कन ७८ टोपी न सोपी,कपाल केले छोपी ७९ टाढाको देउता, करेसाको भुत

८० झिङ्गो मारि धार्नी न बिसौली ८१ झड्केलो छोराछोरी, खढ्कुलाको भात ८२ जान्नु न सान्नु थुतुनो मात्रै तान्नु ८३ जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन ८४जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना ८५ जसकी आमा भान्छे, उसको छोरो भोकै ८६ जति सुम्सुम्यायो उति ठाडो ८७ जुन आस लाग्दो उही जेठाजु ८८ छोरीको बैंस बाबुले होइन, अरुले देख्छ ८९ छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ ९० छालो जाला तर कालो जादैन

९१ छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने ९२ चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ ९३ चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन ९४ चिनीको नाम जपेर मुख गुलियो हुदैन, ९५ चण्डाललाई रुद्राक्षको माला ९६ घरमा छैन तेल, खान खोज्छ सेल ९७ घर नखाएको छोरि, प्रदेश नखाएको छोरो ९८ गिद्धको सामु कौवाको पखेटा ९९गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर १०० गधाको भारी नपुगी उठ्दैन १०१ गोठालोको बुद्धि भैसीको थुनमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार