भोजपुर । भोजपुरे सर्जक कवि कविता राईको आमा र जुन कविताको विर्मश तथा वाचन भएको छ । भोजपुर जिल्ला सदरमुकाम स्थित भोजपुर बहुमुखी क्याम्पसमा कवि कविता राईको शनिबार आमा र जुन कविता संग्रहको विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । कवि राईको कविता संग्रहमा बुवा , रुवाई , सोल्टी ज्यु लगाएत ३८ वटा कविता संग्रहित रहेका छन ।
विर्मश तथा वाचन कार्यक्रममा बोल्दै भोजपुर नगरपालिकाकी उपमेयर ममिता राईले कवि राईको कविता जिवन र जगत संग सम्बन्धित यथार्थवादी रहेको उल्लेख गरेकी छन भने कवितामा समसामयिक विषय बस्तु उठान गरिएको धारणा राखेका थिए ।
भोजपुर बहुमुखी क्याम्पस भोजपुरका उप प्राध्यापक बाबुराम ओझाले कविता संग्रहमा समेटिएका सृजनाहरुमा समाजको यथार्थता झल्किएको, कविताहरुमा सरल शब्द संयोजन भएको, नारी साहित्यकारहरुको सृजना पाठक माझ आउनु खुसीको कुरा रहेको भनी कवि राईको कविता संग्रह माथी समलोचना गरेका थिए ।
भिडियो सहित