महोत्तरीमा दुई महिने शिशुको मृत्यु


महोत्तरी, २६ चैत्र । जिल्लाको लोहारपट्टि नगरपालिका ५ मा मुस्लिम परम्परा अनुसार खतना गर्ने क्रममा दुई महिने शिशुको मृत्यु भएको छ । स्थानीय आशिक शेषका दुई महिने छोरा फिरोज शेषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मुस्लिम परम्परा अनुसार खतना ९लिङ्गको टुप्पो बाहिरी छाला काटिएको० कारणले गर्दा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

शिशुको उपचारको क्रममा जनकपुर स्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो । इस्लाम धर्मअनुसार खतना गर्ने क्रममा अत्यधिक रक्तस्राव भएको थियो ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए । मुस्लिम समुदायमा खतना अनिवार्य मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार