
राजविराज, २५ चैत्र । राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगको इटहरी कार्यालयको टोलीले उनलाई सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै रंग्हात पक्राउ गरेको हो ।
कार्यालय खुल्ने समय भन्दा एक घण्टा अगावै बिहान नौं बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुसलिदा लिँदै नासु मण्डल अख्तियारको टोलीद्वारा पक्राउ परेका हुन् ।
जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधी पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका थिए ।
‘मोही जग्गा सम्बन्धी विवाद मिलाई दिन्छु भन्दै एक सेवाग्राहीसँग नासु मण्डलबाट ४० हजार रुँपैया माँग भएको सूचना आएपछि निगरानी थालिएको थियो ।” अख्तियारका एक पदाधिकारीले भने, “निगरानी र्कै क्रममा सेवाग्राहीसँग ४० हजार घुस लिए लगत्तै मण्डललाई नियन्त्रणमा लिएका हौं ।”
थप अनुसन्धान र आवश्यक कारवाहीका लागि मण्डललाई सोमबारै क्षेत्रिय कार्यालय इटहरी लगिएको आयोग श्रोतले जनाएको छ ।






















