कर्णाली राजमार्ग २ दिनदेखि अवरुद्ध, यात्रु अलपत्र


सुर्खेत, २३ चैत्र । –अविरल वर्षाका कारण कर्णाली राजमार्ग २ दिनदेखि अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन दैलेख सडकखण्ड अन्र्तगत राकम कर्णाली तथा खिड्कीज्यूलामा जाममा परेको खिडकीज्यूलाका व्यापारी भरत साउँदले जानकारी दिए ।

‘अस्तिदेखि गगने खोला, दहिखोला, कालेखोला, एस मोड, इन्देणी छडा लगायतका स्थानमा पहिरो जाँदा सयौं गाडीहरू सडकमै रोकिएका छन् भने यात्रु अलपत्र छन्,’ उनले भने, ‘रारा जाने यात्रु साह्रै समस्यामा परेका छन् । अन्य बसमा आएका यात्रुको हकमा भने अर्को गाडीमा पठाउने गरिएको छ ।’

उनका अनुसार बाटो समयमा नै नखुल्दा रारा घुम्न जाने पर्यटक अलपत्र परेका छन् । शनिवार बिहान ७ बजेबाट बाटो खोल्ने प्रयास जारी रहेपनि हालसम्म खुल्न नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार