लागुऔषधसहित दुईजना पक्राउ


उदयपुर, २३ चैत्र । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन। शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मधुकुमार थापाका अनुसार प्रहरी चेकिङमा स६प ९३५५ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा त्रियुगा नपा १२ का वर्ष २३ को बिष्णु तामाङ र त्रियुगा नपा १ का वर्ष १८ का आषिस चौधरी रहेका छन। ‘नोर्फिन १५ एम्पुल, डाईजोल्याप १७ एम्पुल र फेनारगन १६ एम्पुल पनि बरामद भएको छ,’ उनले भने, ‘पक्राउ गरेर थप अनुसन्धान गर्नेक्रम चलिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार