माछा मार्ने क्रममा विस्फोटक पदार्थ पड्किएर आफ्नै ज्यान गयो


स्याङ्जा, २० चैत्र । कालीगण्डकी गाँउपालिका(६, रिपमा रहेको आँधीखोलामा माछा मार्ने क्रममा घाइते भएका एक व्याक्तिको उपचारका क्रममा ज्यान गएको छ ।

ज्यान जानेमा त्यसै ठाउँका २० वर्षीय पारस बराल रहेका प्रहरीले जनाएको छ । ५ जनाको समूहमा माछा मार्न गएकामध्ये बराल विस्फोटक पदार्थ पड्किएर घाइते भएका थिए । उनको पाल्पाको युनाइटेट मिसन अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार