
सुनसरीको गढि गाउँपालिका – ४ चर्माई टोलमानहरको पानिलेबगाउँदा २ बर्षिय नाबालिकाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजेको समयमा स्थानियललित राम को छोरी करिस्मा राम घरमा कोही नभएको अवस्थामा खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा पर्न गई बगाई लैजादै गरेको अवस्थामा स्थानियले फेला पारेका थिए ।पानिमा डुबेर बेहोस भएकी उनलाई उपचारकोलागी कोशी अंचल अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






















