उदयपुरमा बलात्कारपछि हत्या प्रकरण – दुवैलाई जन्मकैदको फैसला


उदयपुर, १४ चैत्र । उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने अभियुक्तहरूलाई जन्मकैदको फैसाला सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

अदालतले १६ वर्षीय बालकको हकमा १२ वर्ष ६ महिना र १७ वर्षीय बालकको हकमा १६ वर्ष २ महिना ६ दिन साथै क्षतिपूर्ति वापत जनही एकरएक लाख गरी दुई लाख भराउन आदेशसमेत दिएको छ। १७ वर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसबापत थप ३ वर्ष जेल र ३० हजार जरिवानाको फैसला सुनाइएको अदालतका श्रेष्तेदार राजकुमार आचार्यले बताए। ‘बलात्कार, हत्या र हातहतियार र खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाएको थियो,’ उनले भने, ‘पीडित पक्षको मागदाबीअनुसार अदालतले बालक देखिएको भन्दै ऐन कानुनअनुसार फैसाला गरेको हो।

’उमेर पुगेका मानिसलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्थाअनुसार फैसला गरेको आचार्यको भनाइ छ। त्यसैगरी, १६ वर्षीय बालकले भने हतियार नबोकेका कारण बलात्कार र हत्यासम्बन्धी दुई प्रकारको मुद्दा चलाइको थियो। कसुरदार नाबालक रहेको देखिएपछि उनको हकमा अदालतले उमेर पुगेका मानिसलाई हुने सजायको आधा हुने गरी फैसला सुनाएको अदालतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार