मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


सिरहा, १४ चैत्र । सिरहामा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा बुधबार राति ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्टरमा टोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–४ बस्तीपुरका २७ वर्षीय रमेश साह रहेको प्रहरीले जानकारी दिएको छ । साहको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै कर्जन्हा नगरपलिका–१० का १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । उनको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार