‘मेरी बास्सै’बाट बल्छी र राजु मास्टर बाहिरिए


बिगत लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘मेरिबास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्। निर्माण कम्पनी मिडिया हवसँगको असहमतिले आफूहरू मेरी बास्सैबाट बाहिरिएको बल्छिले जानकारी गराएका छन्।

‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ,’ बल्छीले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन्। मेरिबास्सैका जन्मदाता सिताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबुढा)ले छोडेपछि बल्छी र राजुमास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए।

‘हामी अब छिट्टै नै बल्छी र राजुमास्टरकै भेषमा अर्को सिरियल लिएर आउनेछौं, दर्शकले हामीलाई मेरिबाँस्सैकै भेषमा देख्न पाउनुहुनेछ,’ बल्छिले अगाडि लेखेका छन्। उनको फेसबुक स्टाटसमा अगाडि लेखेका छन्,‘एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुन दिशामा पनि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाँचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर तपाईहरूको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौं।’

यो सँगै अब आउने मंगलबारको मेरीबाँस्सैको भाग ५९५ बाट बल्छी र राजुमास्टरलाई देख्न पाइनेछैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार