दुर्घटनामा तीनको मृत्यु


दाङ, ९ चैत । तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कँर दिँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ंदङ्गिशरण गाउँपालिका–६ का ३३ वर्षीय गोरख चौधरी रहेका छन् । चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्र्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ६९१८ नं को कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नं को टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ बस्ने ४७ वर्षीय रामकुमार आछामी र गौरादह नगरपालिकाका ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिनुभयो ।

सुमोमा सवार गौरादह बस्ने योगेश न्यौपाने, बबिता मगर, प्रविका मगर, दुर्गा मगर, काभ्रे बस्ने रमेश तामाङ, पाँचथर मिक्लाजुङ गाउँपालिकाका हरिप्रसाद नेम्वाङ, सुमो चालक दमक नगरपालिका–२ बस्ने कुलबहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका–२ बस्ने लक्ष्मण अधिकारी घाइते हुनुभएको छ । घाइते सबैलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार