२६ हजार बढीको म्याद गुग्रिएका सामग्री नश्ट


भोजपुर, ८ चैत । बजार अनुगमन मार्फत  २६ हजार बढीको म्याद गुज्रिएको खाद्य सामग्री नश्ट गरिएको छ ।

शुक्रवार भोजपुरको  टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्ण र शिरदलीका बजार पसलमा छड्के अनुगमनका क्रममा फेला परेका सामग्री नश्ट गरिएको हो ।जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्राईको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा २६ हजार ३५०  बराबरको म्याद गुज्रीएको सामाग्री बरामद गरिएको छ ।

अनुगमन टोलीले सबै भन्दा बढि म्याद गुज्रीएका वियर बरामद गरेको छ । त्यस्तै टोलीले तेल, चोकोपन, भुजीया, भुजा लगाएतका सामाग्री बरामद गरेको हो ।टोलीले सिजन होटल एण्ड लज, प्रतिष्ठा किराना पसल, सुनिला किरान पसल र लादिप्मा होटल एण्ड लजको अनुगमन गरेको छ।

म्याद गुज्रियका सामान अबका दिनहरुमा विक्रि वितरण नगर्न सचेत गराइएको र पुनः अनुगमनका क्रममा यस्तो पाइएमा कानुन अनुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी भट्राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार