अश्लिल अन्तरवार्ता दिने परीसहित तीन पक्राउ, यसरी बढ्दैछ कारवाहीको प्रक्रिया…


काठमाडौं, ७ चैत । युटयुबमा अश्लील संवाद र द्धिअर्थी प्रश्नसहितको कार्यक्रम उत्पादन र सञ्चालन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाइम’ कार्यक्रम उत्पादन गर्ने राजकुमार कँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वाता दिने हेटौँडा घर भएकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको हो ।

परिसर पवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकालाई साइबर अपराधअन्तर्गत मुद्दा चलाउने तयारी छ । ‘अश्लील संवादमार्फत समाजमा अश्लीलता फैलाएकै कारण उनीहरु पक्राउ परेका हुन् । उनले भने ।

फूलचोकी मिडिया हाउस प्रालिका नाममा उत्पादित कार्यक्रम मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलासँग अन्तर्वाता गरिन्छ ।जस्मा प्रस्तोताले अश्लीलसँगै निजी जीवनसँग सम्बन्धित यौनजन्य प्रश्न सोध्छन् । समाचार कान्तिपुर दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार