अमेरिकाबाट आइपुगे आमाबुवा, इथियोपियाबाट आइपुगेन एकताको शव


जहाज दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी। तस्बिर सौजन्यस् विश्व खाद्य कार्यक्रम नेपाल।जहाज दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी। तस्बिर सौजन्यस् विश्व खाद्य कार्यक्रम नेपाल। अफ्रिकी मुलुक इथियोपियामा आइतबार भएको इथियोपियन एयरलायन्सको जहाज दुर्घटनामा एक नेपालीले पनि ज्यान गुमाइन्। विश्व खाद्य कार्यक्रम डब्लुएफपी मा कार्यरत गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको निधन भएको पाँच दिनसम्म पनि शव नआउँदा परिवारले काजकिरिया गर्न पाएका छैनन्।

छोरीको काजकिरियाका लागि अमेरिकामा रहेका एकताका बुवाआमा बुधबार नेपाल आइपुगेका छन्। ‘एकताको आमाबुवा अमेरिकाबाट हिजो काठमाडौंको घर आइपुग्नु भयो,’ एकताका ठूलोबुवा ईश्वर अधिकारीले सेतापाटीसँग भने, ‘तर उनको शव आएको छैन। शव छिटो ल्याइदिनुपर्यो भनेर हामीले पहल गरिराखेका छौं। कहिले आइपुग्छ थाहा छैन।’

इथियोपियन एयरलायन्सले चिनिने शव हस्तान्तरण गर्न कम्तिमा अझै तीन दिन लाग्ने बताएको छ। जहाज जमिनमा बज्रेको र त्यसपछि लागेको आगोका कारण धेरै शवको पहिचान हुन हप्तौं वा महिनौं लाग्न सक्ने उसले जनाएको छ। ती शवहरूको पहिचान गर्न दाँतको रेकर्ड वा डिएनए परीक्षण गर्नुपर्ने हुनसक्छ।केन्याको राजधानी नैरोवीका लागि उडेको जहाज इथियोपियाको आदिस आबाबाबाट टेकअफ गरेको ६ मिनेटमै खसेको थियो। दुर्घटनामा परी १४९ यात्रुसहित १५७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार