
धरान । धरानमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । धरान ९ स्थित आचार्य लाइनमा पुजा कोठामा घाँटी काटिएको अवस्था शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार मृतक सप्तरी घर भएका रितेशप्रसाद देव हुन् । हत्या वा आत्महत्या के हो भनेर प्रारम्भिक अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ । हातमा चुलेसी जस्तो हतियार छ, आफैले बोकेको जस्तो अवस्थामा छ । रगतको आहाल छ, हेर्दा हत्या गरिएको हो कि भन्ने पनि छ ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर अशोक कुमार जबेगुका अनुसार मृतक सप्तरीको राजविराज-१३ घर भएका रितेशप्रसाद देव दाजु पुस्करप्रसाद देवसँग धरान -९ स्थित आचार्य लाइनमा साइकल पसल गर्दै आएका थिए ।
देवको कानको मुनी घाँटीमा धारिलो हतियारको चोट देखिएको छ । उनको हातमा हतियार पनि रहेको छ । उनका अनुसार हत्या वा आत्महत्या हो भन्ने बारे अनुसन्धानपछि मात्र पुष्टी हुने जबेगुले बताए । पोष्टमार्टमको लागि धरान वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने उनले जानकारी दिए । अहिले प्रहरीले घटनास्थलको जाँच गरिरहेको इन्स्पेक्टर जबेगुले बताए ।






















