आफैंले बोकेको हतियार पड्किदा धनकुटामा सेनाका जवानको ज्यान गयो


धनकुटा,१९ फागुन । आफैँले बोकेको हतियार पड्कँदा धनकुटामा एक जना सेनाका जवानको मृत्यु भएको छ ।धनकुटाको सल्लेरीस्थित सेनाको गणमा कार्यरत डोटी जिल्ला घर भएका चेतराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका पौने ९ बजे बरख गण धनकुटामा ड्युटीमा रहेको क्रममा आफैंले बोकेको एम १६ हतियार पड्किएर छातीमा गोली लागि जोशी गम्भीर घाइते भएका थिए । जोशीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको धनकुटाका प्रहरी एसपी सुरेन्द्र गुरुङले बताए ।

घटनाको प्रकृति हेर्दा मृतकले आफैँ गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार