
नायिका बर्षा राउतको तौलको चर्चा नेपाली चलचित्र वृत्तमा सबैभन्दा बढी हुन्छ । मोटी भएपछि राउतको आलोचना पनि धेरै हुने गरेको थियो । राउत आफै पनि यो आलोचनाबाट दिक्क भएकी थिइन् ।
तर, अहिले भने उनी घट्न थालेकी छिन् । दुब्लाउन थालेपछि राउत दंग छिन् । उनी, अब आफूलाई कसैले दुब्ली भन्दा पनि खासै फरक नपर्ने बताउँछिन् ।
दुब्लाउन थालेपछि राउतलाई कुर्ता सुरुवाल प्यारो हुन थालेको छ । उनी, अधिकांश कार्यक्रममा यस्तै पहिरनमा देखिन थालेकी छिन् ।
उनले, शरीर दुब्लाएपछि कुर्ता सुरुवाल सुहाएको प्रतिक्रिया पनि दिएकी छिन् ।