
काठमाडौं २९ असारमा प्रदर्शन हुने चलचित्र रिलिज गरिएको छ । ‘आँखाको नानी’ बोलको गीतमा रियल कपल उमेश थापा र कविता गुरुङको अभिनय रहेको छ । उमेश र कवितानै चलचित्रको मुख्य भूमिकामा रहेका छन् । यी दुबै रियल लाइफका पनि कपल हुन् ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेशपायल राई र दीपा लामाको स्वर सुन्न सकिन्छ । नर्वेमा खिचिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रका निर्माता पनि उनीनै हुन् । ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा केही अगाडि गरिएको थियो ।
उमेश र कविताका अलावा चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको रियल प्रेमकथा चलचित्रले उठाएको छ ।






















