नेपालमै छन्, व्यवसायिक कल गर्ल


काठमाडौं, १० जेठ ।

रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मदिरासम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए ।

धनगडीबाट काठमाडौं आएका बेला काम सकेर मस्ती मुडमा रहेका रविले एक हप्तासम्म प्रयोग गरेको ट्याक्सीमार्फत त्यो फ्ल्याटको ढोका ढकढकाउने अवसर पाए । उनको डिल भयो– ५ हजार रूपैंया, ८ घन्टाको समय । खाना, खाजा र दुई बोतल वियर पनि । साथमा सेक्स पार्टनर पनि । केही समय लन्डन समेत बसेका उनले नेपालमा सस्तो र राम्रो सुविधा पाएको महसुस गरें ।

उनी भन्छन्,‘लन्डनमा त व्यावसायीक रूपमा नै यस्ता ठेगाना पाइन्छन्, काठमाडौं लगायतका ठाउँमा पनि सुरु भएको रहेछ ।’ रविले हरेक पटकको काठमाडौं बसाईलाई सुखमय बनाउने सजिलो माध्यम पनि भेटेका छन् ।रविमात्र होइन जीवन बुढाथोकी ९नाम परिवर्तन०लाई जतिबेला सेक्सको आनन्द लिने मन हुन्छ इन्टरनेट साइट खोतल्न थाल्छन् । कल गर्ल सम्बन्धी व्यावसायीक साइटमा रहेका ठेगानाका नम्बर र युवतीसँग सम्पर्क गर्छन् । केही समयमा नै डिलअनुसारको सेवा लिने गरेका छन् ।

रेडलाइट एरिया नभए पनि नेपालका विभिन्न सहरमा कल गर्लको संख्या भुसमा आगो सल्किए जसरी बढेको छ । खासगरी विद्यार्थी, रोजगारी गरिरहेका युवतीहरूले छिटो आम्दानीका लागि कर्ल गर्लको पेशालाई अपनाउन थालेका छन् । यसको यकिन तथ्यांकन नभए पनि विभिन्न सहरमा युवतीहरूको संख्या बढिरहेको देखिन्छ ।

कर्लगर्ल सम्बन्धी कतिपय विदेशी वेभसाइटहरूले त नाम, सहर, ठेगाना र फोन नम्बरसहित युवतीको तस्बिर नै राखिदिएको छ । कर्लगर्ल सम्बन्धी जानकारी राख्ने ‘डेटिङफेला’ भन्ने वेभसाइटले नेपाली युवतीहरूको नामसहित विस्तृत विवरण राखिदिएको छ । यो साइटले यस्ता युवतीको वायोडाटा नै राखिदिने गरेको छ ।

एक अध्ययनअनुसार काठमाडौं, पोखरा, धरानलगायतका विभिन्न सहरमा कल गर्ल होस्टेल, फ्ल्याटमा बस्ने गरेका छन् । उनीहरूले सेवा ग्राहीलाई सुरक्षित स्थान अथवा आफु बसेको फ्ल्याटमै पनि सेवा दिने गरेका छन् ।

कतिपय कल गर्ल आफ्ना ग्राहकको मर्जीअनुसार विभिन्न ठाउँमा ‘लङ ड्राइभ’मा समेत जाने गरेका छन् । इन्टरनेट एउटा माध्यम भयो, अर्को क्लव, डान्स रेष्टुरेन्ट र कतिपय डिस्कोमा भेट हुने गरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार