पौडी खेल्ने क्रममा अरुण तेस्रो जलबिधुत परियोजनाका कामदारको मृत्यु


संखुवासभा, ११ चैत्र  ।

संखुवासभाको अरुण तेस्रो जलबिधुत परियोजनामा टेक्निकल डिपार्टमा काम गर्दै आएका ३५ बर्षिय गौरब नेगीको पौडी खेल्ने क्रममा खोलामा डुबेर ज्यान गएको छ।

शनिबार खाँदबारी नगरपालिका – ९ स्थित सभाखोलामा पौडी खेल्ने क्रममा दिउँसो ३: ३० बजे उनी खोलामा डुबेका थिए।

घटनास्थलमा तत्काल प्रहरी टोली खटिगइ उद्धार गरी मनकामना अस्पताल तुम्लिङटार पठाएकोमा उनको उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरेहको प्हरीको भनाई छ ।

मृतकको घर भारतको सिङला भए पनि कामको शिलशिलामा संखुवासभा वस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार