मोडलिङबाट फिल्मतिर, अदिती बुढाथोकी


काठमाडौँ । अहिलेलाई उनी ‘कृ’ की अभिनेत्री । अनमोल केसीकी पाँचौं हिरोइन पनि भन्छन् कतिले । अनमोलसँग जोडिएर नाम आइरहेका बेला अदिती बुढाथोकीले सबैको ध्यान आफूतिर मात्र तान्न खोजेकी छन् । आइतबार ‘मिट एन्ड ग्रिट’ कार्यक्रम गरेकी उनी भन्दै थिइन्, ‘कसैलाई चिन्दिनँ । त्यसैले यसो भेटघाट गरूँ भनेर कार्यक्रम गरेकी हुँ ।’‘मिट एन्ड ग्रिट’ मोडलरअभिनेत्री अदिती बुढाथोकी ।

थोरै बोल्छिन् अदिती । धेरै बोल्ने मान्छे मन पर्दैन समेत भनिदिइन् । नीलो–सेतो स्लिभलेस गाउनमा सजिएकी गोरो वर्णकी हिरोइनले अब अभिनय यात्रा नरोकिने बताइन् । ‘एक्टिङ लाइनमा आउँछु भन्ने सोचेकी थिइनँ,’ उनले भनिन्, ‘आए पनि अलि प्रिपियर्ड भएर वा पढाइ
सकेर आउँला भन्ने थियो । तर, आइहालेँ ।’ सुरेन्द्र पौडेल निर्देशित ‘कृ’ अदितीको डेब्यु फिल्म हो । खासमा उनी मोडल हुन् । उनी अभिनीत फिल्म ‘कृ’ माघ २६ मा प्रर्दशन हुँदै छ भने फिल्मको ट्ेरलर र दुइटा गीत सार्वजनिक भइसकेका छन् ।
अदिती ।

नाम सुन्दै इन्डियन फ्लेभर आउने । त्यसमाथि भारतमै मोडलिङ गर्ने भएपछि धेरैले उनलाई भारतीय भन्ठान्दा रहेछन् । इन्टरनेटतिर अदितीको ठेगाना झापा लेखिएको छ । तर, दुवै सूचना गलत भएको उनले बताइन् । ‘काठमाडौंमै जन्मेहुर्केकी हुँ,’ उनले भनिन्, ‘मोडलिङको सिलसिलामा इन्डिया पुगेँ । त्यहाँको तोआब म्यानेजमेन्ट कम्पनीमा आबद्ध छु । पाँच वर्षको कन्ट्रयाक्ट छ । अझै तीन वर्ष उतैकाम गर्छु ।’
भारत जानुअघि उनी नेपालमै मोडलिङ गर्थिन् । विज्ञापन र म्यागजिनका लागि फोटो सुट गराउँथिन् । र्‍याम्प वाकको अनुभव छ । अनमोलकै अघिल्लो फिल्म ‘ड्रिम्स’ का लागि पनि उनलाई अफर गरिएको थियो । तर, उनले मानिनन् । ‘त्यो बेला म तयार भइसकेकी थिइनँ,’ उनले भनिन्, ‘मोडलिङ र एक्टिङ फरक कुरा हो । एक्टिङ सजिलो हुँदैन, सिक्नुपर्छ ।’ अभिनय आफूलाई अभिव्यक्त गर्ने माध्यम हो भन्ने लाग्छ उनलाई । यसमा एक्सप्रेसन ९भावाभिव्यक्ति० को ठूलो महत्त्व हुने बताइन् ।

भारतका टी सेरिज, जी म्युजिक, टाइम्स म्युजिक जस्ता प्रख्यात कम्पनीका म्युजिक भिडियोहरूमा उनले खेलेकी छन् । मिलिन्द गाबाको ‘मैं तेरी हो गई।।।’, सन्दीप ब्ररको ‘स्टेप कट।।।’, रब्बानी मुस्ताफा खानको ‘नयना।।।’ जस्ता गीतको भिडियोमा अदितीलाई देख्न सकिन्छ । उनले पोन्ड्स क्रिम, बाटा सुज, गोदरेज, रिजोएस स्याम्पू लगायत ब्रान्डका विज्ञापनमा पनि खेलेकी छन् । बीएमडब्लु मोटर्ससँग प्रचारदूतकै रूपमा जोडिएकी छन् ।

नवअभिनेत्री भए पनि ‘कृ’ को टोलीले आफूलाई राम्रो व्यवहार गरेको अदितीको भनाइ छ । अनमोलसँग काम गर्न निकै सहज भएको बताइन् । ‘ऊ एकदम जेन्टल, डिसेन्ट छ,’ अदितीले भनिन्, ‘आफ्नो स्टारडम देखाउँदैन । सहयोगी छ ।’ यस्ता राम्रा आनीबानी भएकैले उनका फ्यानरफलोअर्स धेरै भएको अदितीले बताइन् ।
अनमोलको स्टार भ्यालुले गर्दा आफू छायामा परेको भन्ने लाग्दैन उनलाई । अभिभावकसहित कार्यक्रममा उपस्थित उनले भनिन्, ‘मेरो तर्फबाट बेस्ट दिएकी छु । तर, अलिअलि डर लागेको छ ।’ प्रदर्शन अवधिसम्म स्वदेशमै बस्ने उनी त्यसपछि पुनस् मुम्बई फर्किनेछिन् । उता जानासाथ तेलुगु फिल्मको काममा व्यस्त हुने उनले सुनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार