बिल गेट्सलाई प्छि पार्दै अमेजनका सिइओ जेफ बेजोस विश्वको एक नम्बर धनी मानिस बनेका छन् ।
अमेजनको शेयरमा आएको बढोत्तरीसँगै उनको सम्पत्ति ९० अर्ब ६० करोड डलर पुग्यो र उनले ९० अर्ब १० करोडको सम्पत्ति भएका गेट्सलाई दोश्रो स्थानमा धकेल्न सफल भए ।
बेजोसको सम्पत्ति जुन प्रकारले थपिँदै गएको छ, यसले उनी निकट भविष्यमा विश्वकै पहिलो डलर खर्बपति बन्ने देखाएको छ ।
बेजोसका बारेमा केही रोचक तथ्यहरु यस्ता छन्ः
अक्सफामका अनुसार बेजोस आगामी २५ वर्ष्भित्रमा विश्वको पहिलो खर्बपति बन्न सक्नेछन् । अर्थात् उनको सम्पत्ति एक खर्ब डलर भन्दा धेरै हुनेछ ।
अमेरिकाको न्युजर्सी्स्थित प्रिन्स्टन विश्वविद्यालयबाट ग्राजुएट गरेका बेजोस र उनकी पत्नीले सन् २०११ मा विश्वविद्यालयका लागि डेढ करोड डलर दान दिएका थिए ।
अमेरिकाको राजधानी वाशिंटन डिसीमा बेजोसले सबैभन्दा भव्य बंगला बनाइरहेका छन् । २३ मिलियन डलरको लागतमा उनले घर बनाउँदैछन् । वाशिंटन डिसीमा उनको छिमेकीको रुपमा बाराक ओबामा र इवांका ट्रम्प हुनेछन् । बेजोसको नयाँ घर २७ हजार बर्गफुट क्षेत्रफलमा बनेको छ ।
अमेरिकाको भूमि रिपोर्ट अनुसार जेफ देशका यस्ता २५ जना व्यक्तिभित्रमा पर्दछन् जसको नाममा सबैभन्दा धेरै जमिन छ । उनको सबैभन्दा ठूलो जग्गा भनेको टेक्सासमा रहेको ३० हजार एक्कडको फार्म हाउस हो ।
सन् १९९८ मा बेजोसको सम्पत्ति पहिलेपटक १ अर्ब डलर पुगेको थियो । त्यसबखत अमेरिकाका दोश्रो सबैभन्दा धनी व्यक्तिन वारेन वफेटको सम्पत्ति ३० अर्ब डलर थियो । तर अहिले २० वर्षपछि बेजोसको सम्पत्ति वफेटभन्दा ९ अर्ब डलरले बढि छ ।एजेन्सी