भोजपुरमा चलचित्र विदेशीको स्वास्नी -२ को ‘शुभ मुर्हुत’


भोजपुर, ३ जेष्ठ ।
भोजपुरमा वन्न लागेको चलचित्र विदेशीको स्वास्नी –२ को विहिवार शुभ मुर्हुत गरिएको छ । SNU प्रोडक्सन हाउसको ब्यानरमा भोजपुर चलचित्र कर्मी संघको तेस्रो प्रस्तृती सामाजिक घटनामा आधारीत चलचित्र विदेशीको स्वास्नी – २ को शुभ मुर्हुत गरिएको हो ।

चलचित्र हाम्रो समाजमा घटेका घटना तथा समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण तथा छोरा र छोरीमा गरिने भेदभाव जस्ता कुरालाई समेटेर तयार गर्न लागिएको हो ।

भोजपुर चलचित्रकर्मी संघले यस अघि पनि चलचित्र कण्डिसन, विदेशीको स्वास्नी – १ ल्याइसकेको छ ।
स्थानीय स्तरमा रहेका कलाकारहरुलाई राष्ट्रिय स्तर सम्म पु¥याउने तथा समाजमा हुने विकृती विसंगतीलाई चलचित्र मार्फत हटाउने उद्धेश्यले चलचित्र निर्माण गर्न लागिएको संघले जनाएको छ ।

चलचित्रको छायाङकन भोजपुर र काठमाडौंमा हुने जनाइएको छ । जसको कथा तथा पटकथा विरोध बस्नेतले तयार पारेका छन् । त्यस्तै चलचित्रको निर्देशन विनोद प्रधानले गर्ने जनाइएको छ । छायाङकन तथा सम्पादन केदार राईले गर्ने छन् । । चलचित्रमा राष्ट्रिय स्तरका कलाकारसंगै स्थनिय कलाकारहरुको पनि मुख्य भुमिका रहने जनाइएको छ ।

कार्यक्रममा बौल्दै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले चलचित्र हेरेर मनोरञ्जन लिने भन्दा पनि चलचित्रको विषयवस्तुको बारेमा बुझनु पर्ने बताउदै चलचित्रलाई राष्ट्रिय स्तर सम्म पु¥याउनका लागि स्थानीय तहले सहयोग गर्ने वताए ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अनिषा खड्काले चलचित्र निमार्णका लागि जिल्ला समन्वय समिति तथा आफुले व्यत्तिगत रुपमा जस्तो सहयोग गर्न पनि तयार रहेको वताइन् ।

भोजपुरको सिद्धकाली मन्दिरमा गरिएको शुभ मुर्हुत कार्यक्रममा जनप्रतिनिधी, उद्योग वाणीज्य संघ व्यापारी सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार