राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा जनक नेपाल चयन


भोजपुर, २५ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोजपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ। भोजपुर नगरपालिका वडा नं. ६ देउरालीस्थित चन्द्रमा होटलमा आयोजित अधिवेशनले जनक नेपालको अध्यक्षत्वमा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।


अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर खत्री, सचिवमा रोशन मोक्तान र कोषाध्यक्षमा गौरव तिवारी चयन हुनुभएको छ। त्यसैगरी नयाँ गठित कार्यसमितिको सदस्यहरूमा बद्रीनाथ श्रेष्ठ, पुरुषोतम दाहाल, विज्ञान न्यौपाने, निर्मला दर्जी, सीताराम खत्री, याम बहादुर बस्नेत, शर्मिला श्रेष्ठ र खड्ग बहादुर श्रेष्ठ रहनुभएको छ। त्यस्तै प्रदेश ‘क’बाट बम बहादुर भुजेल र ‘ख’बाट प्रमोद कुमार कार्की चयन हुनु भएको छ ।
राप्रपा कोशी प्रदेशका अध्यक्ष राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न  अधिवेशनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको  उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार