
भोजपुर, २३ भदौ ।
किरात राई पत्रकार संघ भोजपुरको जिल्ला छैटौँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सम्पन्न भएको छ। अधिवेशनबाट प्रमित सिप्तुङ राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवगठित समितिको उपाध्यक्षमा दृश्य दिप्लासी राई, सचिवमा समिर साम्पाङ राई र कोषाध्यक्षमा सरिता राई चयन हुनुभएको छ। जिल्लामा क्रियाशील किरात राई समुदायका पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको व्यावसायिक हकहित संरक्षण, समावेशी पत्रकारिताको प्रवर्द्धन गर्न भूमिका खेल्ने लक्ष्यका साथ अधिवेशन सम्पन्न भएको जनाइएको छ।






















