
भोजपुर, २४ मंसिर ।
नेपाली काङ्ग्रेस भोजपुरले २००७ साल मंसिर २४ गते राणा शासनको अन्त्यका लागि भोजपुरबाट महत्वपूर्ण योगदान पु¥याउने योद्धाहरूको सम्मानमा मुक्ति दिवस मनाएको छ। राणा शासनविरुद्धको संघर्षमा सहभागी वीर योद्धाहरूको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विशेषगरी नारदमुनी थुलुङ, रामप्रसाद राई, खड्गबहादुर कार्की, दान कार्की, गंगाबहादुर खालिन, इन्द्र प्रसाद श्रेष्ठलगायतका योगदानकारी व्यक्तिहरूलाई स्मरण गरिएको जिल्ला सभापति विनोद वान्तवाले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रम नेपाली काङ्ग्रेस विपी स्मृति भवनमा सम्पन्न गरिएको हो।
यसैबीच, मंगलबार बसेको जिल्ला समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रियालाई अघि बढाएको छ।
राष्ट्रिय सभा, राष्ट्रिय सभाको दलित कोटा तथा खुला कोटाका लागि तोकिएका मापदण्डसहित आवेदन मागिएको र प्राप्त आवेदकहरूको नामावली प्रदेश समितिमा पठाइने सभापति वान्तवाले बताउनुभयो।
















