वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति


भोजपुर २१ असोज । केहि समय अघि आएको वर्षातले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कमा विभिन्न संरचनामा क्षति पु¥याएको छ । पहिरोले खानेपानी, सिंचाई कुलो, सडक, पाँचधारे प्रहरी चौकीसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको वडाले जनाएको छ ।

बाढी पहिरोले काभ्रे खानेपानी आयोजना,लेखर्क खानेपानी आयोजना खानेपानी आयोजनामा क्षति पगेको छ । त्यस्तै गिद्धे सिंचाई कुलो कुलो, धिमाल कुलो, विसाउने कुलो, बजगाई कुलो, सुन्तले कुलो, विजलेस काभ्रे सिंचाई कुलो, जौबारी सिंचाई कुलोमा क्षति पुगेको छ ।

साविक वडा ६ काभ्रेमा माथीबाट आएको पहिरोले बस्ती जोखिममा परेको छ । पहिरोले राईटोल काभ्रेका छ घर र विश्वकर्मा बस्ती पनि जोखिमा रहेको वडाले जनाएको छ । साविक २ वाइराङमा तुलसी सुनार, सूर्य विकको घर र ज्ञानोदय आधारभूत विद्यायलय पहिरोको जोमिखमा परेको छ । पाँचधारे प्रहरी चौकीको पश्चिम भागबाट पहिरोले तान्दै गरेकोले जोखिममा रहेको वडाको भनाइ छ । पहिरोको रोकथाम नगरेमा भवन जोखिममा रहेको वडाको भनाइ छ ।

पहिरोले दिपेन्द्र घिमिरे, इन्दिरा राई घिमिरे,जोधन राई, सीताराम घिमिरे र सुचन राईको घरमा असर परेको जनाइएको छ । त्यस्तै स्थानीय कुमार विश्वकर्माको करिव दुई मुरी धान फल्ने खेत पहिरोले पुरेको वडाले जनाएको छ ।

साविक ४ जाल्पादेवी आधारभूत विद्यालय र युवराज पुरीको घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नभराज माङ्पाहाङले जानकारी दिनुभयो । विभिन्न भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित बनेको उहाँको भनाइ छ । सवै संरचनामा गरी टेम्केमैयुङ ९ मा रु. चार करोड बढीको क्षति भएको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार