विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी


भोजपुर, ३० भदौ । भोजपुरको अरुण गाउँपालिका ७ सिक्रेटारका स्थानीयबासीले विद्युतीय जोखिम हटाउन जनश्रमदान मार्फत सरसफाई अभियान सञ्चालन गरेका छन् । विद्यु्त अवरुद्ध हुने तथा दुर्घटनाको सम्भावना बढेकाले विद्यु्तलाईन छेउछाउ रहेका रुख विरुवा हटाउने तथा छाँटकाट गर्ने काम गरिएको हो ।
वडा कार्यालयको अगुवाईमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेको विद्यु्तको तार तथा पोलहरुमा छोएका रुख,बिरुवाहरु हटाउने छाँटकाट गर्ने लगाएतको काम गरेका छन् ।
विद्युतीय जोखिम कम गर्न वडा कार्यालयको अनुरोध तथा स्थानीयबासीको सक्रियतामा वडा भित्रका सवै टोल बस्तीमा पुगेर विद्यु्तको पोल, तार छोएका झाडी तथा रुख विरुवा हटाएको अरुण गाउँपालिका -७ सिक्रेटारका वडाध्यक्ष कुमार थापाले बताउनुभयो । श्रमदानमार्फत सरसफाई संगै वडा भित्रका विभिन्न सडकहरुको मर्मतको काम समेत गरिएको उहाँको भनाइ छ ।
वडाध्यक्ष थापाले भन्नुभयो ‘जनश्रमदान मार्फत सवै टोल बस्तीमा पुगेर विद्यु्तको पोल, तार छेउछाउका झाडी तथा रुख विरुवा हटाउने काम सम्पन्न भएको छ , मानविय तथा अन्य विभिन्न पक्षको सुरक्षालाई मध्यनजर गर्दै हामीले रुख विरुवा तथा झाडी फाँड्ने लगाएत सरसफाईको काम गरेका हौं, यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार