अनेरास्वयू भोजपुरको २४ औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निशान राई निर्वाचित


भोजपुर, २७ असार ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वयु)को २४ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले निशान राईको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष सन्तोष वन, सचिव शुवास नेपाल, उपसचिव खुल्ला विज्ञान राई, उपसचिव महिला कोपिला प्रधान, उपसचिव खुल्ला मनोज विश्वकर्मा र कोषाध्यक्षमा मेलिना राई सर्वसम्मत निर्वाचित भएका हुन् ।
अनेरास्वयू केन्द्रिय सचिव कोशी तथा प्रदेश इन्चार्ज मनोज ताम्लीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का, सचिव एक्सन राई एमाले उपसचिव तथा साल्पासिलिछो गाउँपाकिका अध्यक्ष दौलथ कुलुङ, भोजपुर बहुमुखी क्याम्पस प्रमहु भुलानाथ राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटीको अध्यक्ष खड्काले पार्टी जनपक्षिय काममा जोडिदै सशक्तढंगले अघि बढेको बताउदै जन संगठनहरु पनि सकृय तबरबाट संगठन निर्माणमा जुट्नु पर्ने बताउनुभयो । खास गरेर पार्टीका कार्यकर्ताले जनताका हरेक सवालमा सकृयढंगले अघि बढनु पर्ने उहाँले धाराणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार