टेम्केमैयुङको १६ औँ गाउँसभा सम्पन्न, ५२ करोड ७८ लाख बराबर बजेट प्रस्तुत


भोजपुर, १० असार । टेम्केमैयुङ गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष रमादेवी राईले चालु तथा पुुँजीगत गरी कुल ५२ करोड ७८ लाख १८ हजार ९९९ बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पर्यटनलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ ।

किसानहरुलाई कृषीमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ कृषिमा उत्पादनमा जोड दिदै टोलस्तरमा पकेट कार्यक्रम सञ्चालन नीति लिएको छ । सवै वडालाई गाउँपालिका केन्द्रसँग सहज रुपमा जोड्न यहाँको सडकहरुको विकासलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै मुख्य सडकलाई हरित सडकको रुपमा विकास गर्ने, बजार क्षेत्रमा सौर्य बत्तीको व्यवस्थापन गर्ने, एकिकृत तथा सुरक्षित बस्तीको विकास लक्ष्य नीति अघि सारहेको छ । गुराँस परजातिका बनस्पति तथा सुनाखरीको संरक्षण गर्ने लगायत नीति तथा कार्यक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । गाउँसभाले मुन्दुम पदमार्गको लागि रु. ४५ लाख, प्रशासनिक भवन निर्माण लागि रु. एक करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई केन्द्रित गरेर बजेट निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार