भोजपुर, २७ फागुन । प्रदेश १ का पूर्वमुख्यन्त्री तथा एमाले नेता शेरधन राईले विकास, समृद्धी, सुशासन,सडक पुल खानेपानी, गुणस्तरिय स्वास्थ्य सेवा, स्वच्छ खानेपानी विजुली सिचाई जस्ता गुणस्तरिय सेवाबाट जनतालाई जड्नु आफ्नो मुख्य चहान रहेको बताएका छन् । संघीयता कार्यान्वयन भएपछि तीन तहको सरकारको प्राथमिकतामा स्वास्थ्य, शिक्षा, यातयात,सिचाई खानेपानी लगाएतका विकास निर्माणको काम भई रहेकाले सवैले चहादा कुनै पनि काम असम्भव नरहेको बताएका हुन । शुक्रबार भोजपुर सदरमुकाममा भएको निःशुल्क स्वास्थ्य शिविरलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन् ।
पूर्व मुख्यमन्त्री राईले भने,‘ हामीले यस विचमा थोरै समयमा केही तथ्य स्थापित पनी गरेका छौ, म यस प्रदेशको पहिलो मुख्यमन्त्री भएर यस प्रदेशको नेतृत्व गर्दै गर्दा भोजपुर टक्सार सडक कालो पत्रेको काम समय अगावै सम्पन्न गरेको छौ ।’ त्यस्तै भोजपुर अस्पताललाई ५० वडे क्षमतामा विस्तार गर्न पहल भईरहेको समेत राईले बनाए । ‘विकास, समृद्धी, सुशासन,सडक पुल खानेपानी, गुणस्तरिय स्वास्थ्य सेवा, स्वच्छ खानेपानी विजुली सिचाई जस्ता गुणस्तरिय सेवाबाट जनतालाई जोड्नु हाम्रो चाहना हो ।’ पूर्व मुख्यमन्त्री राईले भने । जिल्लामा सञ्चालनमा रहेका सबै योजनालाई पूर्णता दिनमा आफू लागि परेकोसमेत राईले बताए ।