भोजपुरमा पनि स्वास्थ्य विमा कार्यक्रमको शुरु, जान्नुस केहो स्वास्थ्य विमा ?


भोजपुर, २४ पौष ।
भोजपुर जिल्लामा पनि सोमवारबाट स्वास्थ्य विमा कार्यक्रमको दर्ता सुभारम्भ गरीएको छ ।सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य विमा कार्यक्रमको उद्धघाटन गरीएको हो । २५ ओटा जिल्लामा यो कार्यक्रम लागु भईसकोको छ भने यस वर्ष भोजपुर, खोटाङ सहित ३८ जिल्लामा लागु हुन लागेको हो ।

भोजपुरमा स्वास्थ्य विमाको सेवाको लागि जिल्ला अस्पातालसंगै अन्य तीन ओटा स्वास्थ्य केन्द्रलाई तोकिएको छ । सरकारले नेपाली नागरीकको स्वास्थ्यमा पहुँच पु¥याउने उद्धेश्यले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडौको भनाई छ । पछिल्लो समय आफ्नो स्वास्थ्य उपचारका लागि नागरिकले महङगो शुल्क वुझाउनु पर्ने अवस्थामा त्यसलाई घटाउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागी स्वास्थ्य विमा लागु गरीएको हो ।

पाँच जना सम्मको परिवारले दुइ हजार ५ सय रुपैयाको स्वास्थ्य विमा गरे पछि ५० हजार वरावरको उपचार पाउने वरिष्ठ जनस्वास्थ्य प्रशाशक डाक्टर भुवन पौडेलले वताए । जसको लागि स्वास्थ्य विमा दर्ता प्रक्रियाका लागी प्रत्येक वडामा कर्मचारी खटाइएको जनाएको छ । सोमवार विमा दर्ताको पहिलो दिन भाजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, उपमेयर ममीता राई लागाएत १० जनाले स्वास्थ्य विमा गरेका छन् ।

कार्यक्रममा उद्योग वाणीज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठ, नागरीक समाज भोजपुरका संयोजक र्पशुराम तीवारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगाएतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार