श्रीमती खोज्न पत्रकार सम्मेलन


विराटनगर २४ पौष। सँगै बाँच्ने सँगै मर्ने कसम खाएर भित्र्याइएकी श्रीमती अचानक बेपत्ता हुँदा मोरङका गिरानन्द पासवान अहिले तनावमा छन् ।

नगद र गरगहनासमेत लिएर श्रीमती फरार भएपछि बिचल्लीमा परेका पासवानले सोमबार बिराटनगरमा पत्रकार सम्मेलन नै गरी श्रीमती खोजिदिन सबैमा आह्वान गरेका छन् ।

मोरङ बुढीगंगा(२ का पासवानकी श्रीमती अनितादेवी पासवान गत पुस १५ गतेदेखि सम्पर्कमा छैनन् । नगद तीन लाख र गरगहना लिएर फरार श्रीमतीको खोजीका लागि पासवानले प्रहरीमा जाहेरी दिए पनि नभेटिएपछि पत्रकार सम्मेलन गर्नुपरेको बताए ।

एक छोरा र दुर्इ छोरीकी आमा बेपत्ता भएपछि सन्तानको बिचल्ली भएको पासवानको दुखेसो छ ।

श्रीमती हराएपछि उनले बेपत्ता हुनुअघिसम्म चलेको श्रीमतीको फोन नम्बरको डिटेल हेर्दा एकै जनासँग ६४५ पटक सम्पर्क भएको पाइएको छ । उनले भागी बिहे गरेको अनुमान छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार