यदि कसैलाई बलिउड नायिका प्रियंका चोपडा जस्तै बन्नु छ भने, के गर्नुपर्ला रु यो प्रश्नको जवाफ स्वयंम नायिका चोपडाले भन्दा राम्रोसँग कसले दिन सक्ला र रु
नायिका चोपडा एक कार्यक्रममा पुगिन् र यो प्रश्नको जवाफ दिने कोशिश गरिन् ।
‘ब्रेकिङ्ग द ग्लास सिलिंग, चेन्जिङ द ड्रिम’ नामक कार्यक्रममा पुगेकी नायिकाले भनिन्(‘म कुनै मिसनमा छैन । मलाई कुनै ग्लास सिलिङ्ग तोड्नु पनि छैन र कुनै मान्यतालाई हराउनु पनि छैन । म मात्र आफ्नो सपना र महत्वकांक्षामा बाच्ने कोशिश गर्छु ।’
उनले सो कार्यक्रममा सफलताका लागि १२ वटा सुत्र पनि दिएकी छिन् । जुन यसप्रकार छः
१। तपाई जस्तो दोश्रो कोहि पनि छैन । सबैभन्दा जरुरी आफूलाई पहिचान गर्नु हो ।
२। सपनाहरुमा उडान भर्न जरुरी छ । सपना बदलिन्छ भन्ने डरमा पर्नु हुदैन ।
३। महिलाहरुलाई महत्वकांक्षी बन्न आवश्यक छ ।
४। कुनै पनि व्यक्तिलाई आफ्नो सपना तय गर्ने हक दिनु हुँदैन ।
५। थोरैमा सन्तोषी किन हुनु रु सपनाको लागि लोभी हुनु जायज हो ।
६। कुनै पनि कुरामा हार्नु गलत कुरा होइन, तर त्यसपछि उभिन आवश्यक छ ।
७। जोखिम लिनु आवश्यक छ, तर जोखिम लिनुभन्दा पहिला सोच्न जरुरी छ ।
८। आफ्नो वरिपरी रहने मान्छेको चयन निकै समझदारीसँग गर्न आवश्यक छ ।
९। तपाई हरेक मान्छेलाई खुशी राख्न सक्नुहुन्न भने त्यसमा कोशिश पनि नगर्नुहोस् ।
१०। हरेक कुरालाई गम्भिर रुपमा लिन छाड्नुहोस् । जिन्दगीमा रमाइलो गर्न आवश्यक छ ।
११। मानिसमा सहयोग सधै रहनुपर्छ । यदि कसैले तपाइको लागि केहि गरेको छ भने उसका लागि केहि गर्ने जिम्मेवारी तपाइको पनि हो ।
१२। यो कहिल्यै नभुल्नु कि, तपाई कहाँबाट आउनु भएको हो