संखुवासभामा एम्बुलेन्स र टाटा सुमो ठोक्किदा ६ घाइते


संखुवासभा, ४ वैशाख । संखुवासभाको खाँदवारी नगरपालिका(८ मा मंगलबार एम्बुलेन्स र टाटा सुमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दिउँसो १ बजे तुम्लिङटार सडक खण्डमा खाँदबारीबाट तुम्लिङटार तर्फ जाँदै गरेको को १ झ ४४८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउँदै गरेको को १ च ७६३४ नम्बरको टाटा सुमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना दुर्घटना भएको हो ।

दुर्घटनामा सुमोमा सवार रहेका खाँदबारी नगरपालिका(३ बस्ने बर्ष ५६ को हेमराज घिमिरे, बर्ष १८ की मनिषा गुरुङ, भोजपुर साल्पा(सिलिछो गाउँपालिका(३ बस्ने बर्ष १८ की चन्द्रकला लिम्बु त्यसैगरी एम्बुलेन्समा सवार खाँदबारी नगरपालिका(९ बस्ने बर्ष २४ की बिनिता मगर, निजको छोरा बर्ष ९ को आयुष मगर र एम्बुलेन्स चालक खाँदबारी नगरपालिका(१ बस्ने बर्ष ४० को अम्बर राई घाइते भएका हुन् । दुर्घटनामा घाइते सवैलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। दुवै सवारी साधन र सुमो चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार