चट्याङ लागेर एकजनाको ज्यान गयो


पर्वत, ३ वैशाख । सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएको हो ।

घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा नै उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार