सेती नदीमा बगेर बेपत्ता भएका प्राविधिकको शव फेला पर्‍यो


डोटी, २४ चैत्र । एक हप्ताअघि डोटीको सेती नदीमा बगेर बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको शव आइतबार फेला परेको छ । ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा सेती हाईड्रो पावरमा कार्यरत ओली बगेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा एसपी प्रदीपकुमार पालले बताए । बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको हो ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती हाइड्रो पावर निर्माणको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि काम गर्न प्राविधिक ओली डोटी आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार