परिवार दलद्वारा हावाहुरी पीडितलाई सोलार लाइट वितरण


काठमाडौं, २२ चैत । नेपाल परिवार दलद्वारा बाराका हावाहुरी पीडित १ सय ७० घर परिवारलाई सोलार लाइट वितरण गरेको छ।
दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको टोलीले बिहीबार बाराको हावाहुरी प्रभावित विभिन्न क्षेत्रहरुमा स्थलगत अबलोकन तथा स्थानीयसंग अन्तरक्रिया समेत गरेको थियो।

पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री समेत रहेका ढकालले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती वितरण गरेका थिए।

ढकालले देशको कुनै पनि भूभागका नागरिकको पीडा सबै नागरिकको साझा पीडा हो भन्दै दुस्खको घडीमा सबै एक भयर सामना गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार