श्रीमतीलाई जबरजस्ती गर्दा जेल यात्रा 


गाईघाट । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्दा एक व्यक्तिले जेल जानुपरेको छ । श्रीमतीको इच्छाविपरीत यौन सम्पर्क गरेको ठहर गर्दै जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार ४५ वर्षीय पुरुषलाई तीन वर्ष कैद फैसला सुनाएको हो ।

अदालतले अभियुक्तलाई सात वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ । शारीरिक अवस्था कमजोर हुँदासमेत ०७५ साउन २१ गते कसुरदारले इच्छाविपरीत पटक–पटक करणी गरेको र सात वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुव्र्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको निवेदनका आधारमा भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुवैको भदौ ५ गते जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराएको थियो ।
मुलुकी ऐन जबरजस्ती करणीको महल ३ ९६०, मुलुकी अपराध ९संहिता० ऐन २०७४ को दफा २१९ को उपदफा ९४० मा व्यवस्था भए बमोजिम तीन वर्ष कैद सुनाइएको हो । तर, ऐनमा यस्तो प्रकृतिको मुद्दामा पाँच वर्षसम्म कैद गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार