आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान समातिए


आफ्नै पत्नी २६ वर्षीया तिलसरा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका९१३ चौतारी टोल बस्ने ३० वर्षीय पदम परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

पदमले शनिबार साँझ पत्नीलाई आफ्नै घरमा कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामघाट र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार