भोजपुरमा आगोलागी हुदा एक घर जलेर नष्ट


भोजपुर १ चैत्र ।
भोजपुरको आमचोक गाँउपालिकामा आगलागीहुँदा ५ लाख बराबरको क्षती भएको छ । वडा नम्बर -९ दुम्मानाको माछाखानीका स्थानीय वैचा नेवारको घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

आगलागी बाट नेवारको घरमा रहेको १ तोला सुन, अन्नपात, लत्ताकपडा, काठपात लगाएतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीको भनाई छ । सोलारको तारा सर्ट भएर आज विहान साँढे ९ बजे लागेको आगो स्थानीय र नेपाल प्रहरीको सहयोगमा सदउँसो १२ बजे नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार