भोजपुरमा आगलागीबाट तीन घर जलेर नष्ट


भोजपुर २८ फागुन । भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिका ५ सानोदुङ्मामा आगोले ३ घर जलेर नष्ट भएका छन् । सानोदुङ्माको चौकीबारीका मंगलबार दिउँसो सवा ४ बजे स्थानीय बज्रसिं राईको गोठबाट सल्केको आगोले राईको घरसँगै छिमेकी मनकुमार राई र चितामान राईको घर पनि जलेर ध्वस्त भएको थियो ।

आगलागीमा परी घरमा रहेको लत्ताकपडा, अन्नपात, काठपात, पैसा, सुन लगायतका सामान सबै जलेको वडाध्यक्ष दलबहादुर राईले बताए । आगालागीबाट भएको क्षतिको विवरण संकलन भइरहेकोले कुल कति मुल्य बराबरको क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी रहेकोे बास्तिम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पुष्कर ढकालले जानकारी दिएका छन् । आगालागीबाट कुनै मानवीय क्षति भने भएको छैन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार