
मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नंम्बर २ मा आज जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दुर्घटनामा काभ्रे पाँचखाल, लामिडाँडा घरभएका ३५ बर्षिय नबराज परियार र नुवाकोट घर भएका २५ बर्षिय बिकास धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
घाइतेमध्ये १२ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ मा दुर्घटना भएको थियो । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ ।






















